११ जिविसलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा
काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई रु १२ अर्ब ४१ करोड रकम निकासा गरेको छ ।
सो रकमबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अतिप्रभावित ११ जिल्ला विकास समितिलाई रु ११ अर्ब ११ करोड ६० लाख निकासा गरेको प्राधिकरणले जनाएको छ ।
निकास भएको रकममध्ये धादिङ जिविसलाई रु ११ करोड ३३ लाख ५० हजार, दोलखा जिविसलाई रु दुई अर्ब २२ करोड २५ लाख ५० हजार, काभ्रेपलाञ्चोक जिविसलाई रु एक अर्ब ९६ करोड ५० लाख, रसुवा जिविसलाई रु २६ करोड, १५ लाख ५० हजार, नुवाकोट जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख, सिन्धुपाल्चोक जिविसलाई रु एक अर्ब ७६ करोड ५४ लाख, गोरखा जिविसलाई रु २१ करोड ४५ लाख रहेको छ । यसैगरी ओखलढुङ्गा जिविसलाई रु ७४ करोड ९२ लाख ५० हजार, सिन्धुली जिविसलाई रु सात करोड ५० लाख, रामेछाप जिविसलाई रु एक अर्ब ४८ करोड ८१ लाख र मकवानपुर जिविसलाई रु ३७ करोड ६ लाख पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
“नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटा बैंकिङ एसोसिएसनले गरेको निर्णयअनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएअनुसार जिविस र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीले अनुदान प्राप्त गर्नेछन्”– उनले भने ।
दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ । अहिलेसम्म आठ हजार घरधनीसँग सम्झौता भएको छ । गत चैत २१ गते नामावली प्रकाशित भएका आठ जिल्लाका ८ गाविस तथा नगरपालिकामा जिल्ला समन्वय समितिको कार्ययोजनाअनुसार अनुदान भुक्तानीको क्रम चलिरहेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण