बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काँग्रेस र एमाओवादीलाई साथै लैजानुपर्छ : खनाल

सोमबार, ०३ जेठ २०७३, २० : १६
सोमबार, ०३ जेठ २०७३

इलाम– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयन गराउन दुई ठूला दल नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीलाई एमालेले साथै लिएर हिँड्नुपर्ने बताएका छन् ।

एमाले इलामको प्रथम परिषद् बैठकमा नेता खनालले क्रान्तिको चरण समाप्त भएकाले अब संविधान कार्यान्वयन गर्दै जनताको बहुदलीय जनवादले परिकल्पना गरेको समाजवादतर्फ अघि बढ्नुपर्ने औंल्याए । फरक प्रसङ्गमा उनले एमालेभित्र गुटबन्दी सकिएकाले अब एमाले एक ढिक्का भएर देशकै ठूलो शक्तिका रुपमा आएको बताए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले मदन आश्रितको स्मृति दिवस मनाइरहँदा आज पनि देश मदन भण्डारीको जनताको बहुदलीय जनवादकै थाप्लामा टेकेर हिँडिरहेको बताए । सविधान निर्माणमा देशले करिब ७० वर्षको समय खर्चेको हुँदा अबको समय अर्थतन्त्रका लागि उर्जाशील समय रहेको बताउँदै उनले संविधानमा देखिएको २७ बुँदामाथिको विवाद शान्तिपूर्ण ढङ्गले समाधान भएकाले अब पनि नमिलेका कुरालाई शान्तिपूर्ण ढङ्गले नै लिएर जान सबै दललाई आग्रह गरे ।

फलेवास–पर्वत –एमालेका महासचिव ईश्वर पोखरेलले संविधान सफल कार्यान्वयनका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । एमाले पर्वतद्वारा २३ औँ मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले जसरी संविधान जारी हुँदा सबै दलबीच एकता भयो, अब कार्यान्वयनमा पनि त्यसैगरी एकता हुन जरुरी छ भने ।

महासचिव पोखरेलले संविधानको सफल कार्यान्वयनपछि मात्र मुलुकका सबै खाले समस्या समाधान हुने बताउँदै मधेसकेन्द्रित दलका माग वार्ता र संवादबाट अन्त्य गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप