बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आधा दर्जन चलचित्रकर्मी सम्मानित

सोमबार, ०३ जेठ २०७३, २० : ४८
सोमबार, ०३ जेठ २०७३

काठमाडौं–विगत चार वर्षदेखि कलाकारिताका विभिन्न विधामा प्रशिक्षण दिँदै आएको प्रसुन संगीत विद्यालयको चौथो बार्षिकोत्सवको अवसरमा शनिबार राजधानीस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा आधा दर्जनभन्दा बढी चलचित्रकर्मीलाई सम्मान गरिएको हो ।

पूर्व–सभासद तथा नेपाल आदीवासी जनजाती महासंघका पूर्व–अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) सदस्य तथा अभिनेत्री मेलिना मानन्धर, निर्देशक देबकुमार श्रेष्ठ, कलाकार अर्जुनजंग शाही, रबिन्द्र खडका, भानु प्रताप, कुशल थापा, राज कटुवाल, हरिहर भण्डारी र संगीतकार अर्जुन पोखरेललाई सम्मान गरिएको हो ।

मेलिना र अर्जुन भने कार्यक्रममा उपस्थित थिएनन् । विविध साँस्कृतिक कार्यक्रममा गायकदय डिजराज पौडेल र रत्न राईले सांगीतिक प्रस्तुती दिएका थिए । भने, एक दर्जनभन्दा बढी गीतमा यसै विद्ययालयका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुती दिएका थिए ।

सम्मान प्राप्त गरेका चलचित्रकर्मीहरुले खुसी ब्यक्त गर्दै यस्ता किसिमका कार्यक्रम र सम्मानले चलचित्र क्षेत्रमा काम गर्न र केहि योगदान दिन अझ थप हौसला मिलेको प्रतिकृया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप