बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चौधौँ योजनाको आर्थिक वृद्धि लक्ष्य सात प्रतिशत

सोमबार, ०३ जेठ २०७३, २० : ५०
सोमबार, ०३ जेठ २०७३

काठमाडौँ– चौधौँ त्रिवर्षीय योजना (विसं २०७३/७४–७५/७६) ले वार्षिक सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिने भएको छ ।

योजनाको मस्यौदालाई सुझावसहित पारित गर्दै आइतबारदेखि सुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकले सामाजिक न्यायको सिद्धान्त अनुरुप योजना वितरण गरी रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई १४ औँ योजनामा प्राथमिकता दिन सुझाव दिएको छ ।

बैठकको आज समापन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले १३ औँ योजनाका कतिपय लक्ष्यलाई राजनीतिक सङ्क्रमण, भूकम्प, नाकाबन्दी र विद्युत् आपूर्तिको कमीका कारण हासिल गर्न सकिएन, त्यसलाई १४ औँ योजना कार्यान्वयमै सम्पन्न गर्न प्रतिबद्ध छौँ भने । पन्ध्रदिनभित्र १४ औँ योजनाको आधारपत्रलाई बैठकमा आएको सुझाव समेटेर अन्तिम रुप दिई प्रकाशन गरिने आयोगले जनाएको छ ।

बैठकको समापन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधानसभाबाट जारी भएको संविधानका उपलब्धिलाई आर्थिक, सामाजिक परिवर्तनका माध्यमबाट रुपान्तरण गरिनुपर्ने बताए । आयोगका सदस्य सुरेशमान श्रेष्ठले १४ औँ योजनाको आधारपत्रलाई अन्तिम रुप दिन बैठकमा आएका सुझावले महत्वपूर्ण योगदान दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप