अपर नौगड गाढ आयोजनाको विद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा दस्तखत
मङ्गलबार, ०४ जेठ २०७३, ०७ : २८
काठमाडौं–अपि पावर कम्पनी लिमिटेडको ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौताको मस्यौदामा नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच दस्तखत भएको छ ।
कम्पनीको उक्त आयोजनाको विद्युत खरिद बिक्री सम्झौता यसै महिना सम्पन्न हुनेछ ।
कम्पनीले १७ महिनाको छोटो अवधिमा सोहि नदिमा ८.५ मे.वा को नौगड गाढ आयोजना सफल रुपमा समापन गरि विगत ९ महिनादेखि राष्ट्रिय प्रसारण लाइनमा जडान गरि सूदुर–पश्चिमका पहाडी जिल्लाहरुलाई लोडसेडिङ मुक्त गराएको छ ।
कम्पनीले ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजना पनि १७ महिनामा नै समापन गर्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण