संक्रान्ति बजारबाट प्रशासनिक सेवा सुरु
तेह्रथुम– जिल्लाका पूर्वी आठराई क्षेत्रका–९ गाविसलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इलाका प्रशासन कार्यालय स्थापना गरी सोमबारबाट सेवा सुचारु गरेको छ । कार्यालयको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले शारीरिक रुपमा असक्त थोक्लुङ–३ की चेतना थपलियालाई नागरिकता वितरण गरेर सेवा सुरुवात गरे ।
कार्यक्रममा बोल्दै विशेष अथिति कांग्रेस केन्द्रीय सदस्य तथा सासंद् सीता गुरुङले इलाका प्रशासनको सेवा सुरुवातले गएको २० वर्षदेखि सरकारी सेवाका लागि कष्टकासाथ सदरमुकाम धाउँदै आएका आठराईबासीलाई हर्षित तुल्याएको बताइन् । उनले सदरमुकामले जिल्लाका छथर, फेदाप र आठराई क्षेत्रलाई एउटै चिन्तनले नहेर्दा समानुपातिक विकास हुन नसकेको भन्दै इलाका प्रशासन कार्यालय विस्तारले यस क्षेत्रको विकासमा सहयोग पुग्ने धारणा राखिन् ।
कार्यक्रममा बोल्दै कांग्रेस सासंद गणेश विमलीले आठराई क्षेत्रको लामो संघर्षले मात्रै इलाका प्रशासन स्थापना भएको स्मरण गर्दै अब विद्युत, गुणस्तरीय सडक विस्तारलगायत अन्य क्षेत्रको विकासमा एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताए ।
इलाका प्रशासन कार्यालय उद्घाटन समारोहमा स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, नेकपा एमालेका जिल्ला अध्यक्ष तेजमान कन्दङवा, एनेकपा माओवादीका जिल्ला कोषाध्यक्ष बलिराज ईङनाम, राप्रपाका जिल्ला सचिव गौरी कन्दङवा, नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सचिव चिन्तन बराल, नेकपा मालेका जिल्ला सचिव यमनाथ दाहाल र गाविस सचिव हकहित मन्चका जिल्ला अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बोले । कार्यक्रममा आठराईबासीका तर्फबाट जगदम्बा औषधालय समितिका डम्बर ईङनामले इलाका प्रशासनले ल्याएको खुसी, समस्या र मागहरु राखेका थिए ।
कार्यालय सन्चालनमा आएपछि वर्षौदेखि प्रशासनिक सेवा लिन सदरमुकाम धाउनुपर्ने आठराईबासीको बाध्यता हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकु, ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, सक्रान्तिबजार, खाम्लालुङ, सम्दु र ईसिवु गाविसबासीले नागरिकता, राहदानी, नागरिकताको प्रतिलिपि, राहदानी सिफारिस, अन्य विभिन्न प्रकारका सिफारिस र जाति तथा नाता प्रमाणित लगायत प्रशासनिक सेवा पाउने छन् ।
लामो समयदेखि सेवा केन्द्र विस्तारको चर्चा चलेपनि स्थापना नहुँदा निराश बनेका आठराईबासी भने इलाका प्रशासन कार्यालय विस्तार भएपछि हर्षित भएका छन् । आठराईबासीले कार्यालय स्थापनाकालागि आएका सांसद, कार्यालय प्रमुखहरुलाई फुलमालाले भव्य स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण