बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रवासी नेपाली मञ्च जर्मनी चौथों अधिवेशनको तयारीमा

मङ्गलबार, ०४ जेठ २०७३, ०७ : ४७
मङ्गलबार, ०४ जेठ २०७३

जर्मन–जर्मनीमा रहेका नेकपा एमाले समर्थित नेपालीहरुको संगठन प्रवासी नेपाली मञ्च जर्मनीले २१ मे का दिन आफ्नो चौथों अधिवेशन म्यूनिक शहरमा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज रामकुमारी झाँक्रीको प्रमुख आथित्यमा सम्पन्न गर्दैछ ।

प्रवासी नेपाली मञ्च जर्मनीका वर्तमान अध्यक्ष तथा चौथों अधिवेशन आयोजक कमिटिका संयोजक रण बहादुर बिकका अनुसार अधिवेशनलाई भव्य र व्यवस्थित रुप दिनको लागि स्थानीय स्तरमा खड्ग न्यौपाने मुल व्यवस्थापक रहेको व्यवस्थापन कमिटी र विभिन्न विभागको संयोजक तोकेर जिम्मेवारी बाँडफाड गरिएको छ ।

जसअनुसार आर्थिक प्रमुखमा काजी योल्मो, आवास र यातायात व्यवस्थापन हरि न्यौपाने र डा. यज्ञ अधिकारी । त्यसैगरी मञ्च व्यवस्थापन बासु अर्याल, भोजन तथा जलपानको व्यवस्थापनमा तिलक न्यौपाने रहेका छन् भने प्रचार–प्रसार बिभागको प्रमुख नगेन्द्र मान खत्रीलाई तोकिएको छ ।

मुख्य व्यवस्थापक खड्ग न्यौपानेका अनुसार सम्मेलनमा अनुमानित ८० देखि १०० जनाको सहभागिता रहनेछ । सम्मेलन मे २१मा म्युनिखको Gang Hoffer str.41 मा स्थानीय समय अनुसार १५:00 बजेबाट सुरु हुनेछ ।

पहिलो चरणमा उद्घाटन कार्यक्रम हुनेछ भने दोस्रो चरणमा बन्द सत्रको कार्यक्रम राखिएको छ । बन्दसत्रमा सस्थाका वर्तमान अध्यक्षले राजनीतिक प्रतिवेदन तथा कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने र त्यसमा सहभागी प्रतिनिधिहरुले छलफल गर्दै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको प्रवासी नेपाली मञ्च जर्मनीका वर्तमान अध्यक्ष तथा चौथों अधिवेशन आयोजक कमिटिका संयोजक रण बहादुर बिकले जानकारी गराए ।

उद्घाटन कार्यक्रममा सहभागिताका लागि युरोपका अरु देशका प्रवासी नेपाली मञ्चका साथै जर्मनीमा रहेका सबै नेपाली राजनीतिक, सामाजिक संघ–सस्थालाई पत्राचार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप