बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमाओवादीका पाँचदर्जन नेता कार्यकर्ता एमालेमा

मङ्गलबार, ०४ जेठ २०७३, ०८ : ४९
मङ्गलबार, ०४ जेठ २०७३

मोरङ–एकीकृत नेकपा (माओवादी) मोरङको विभिन्न भूमिकामा रहेका करिब पाँच दर्जन नेता, कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

२३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा एनेकपा (माओवादी) जिल्ला कमिटी सदस्य दीपक ढकाल, वाइसिएल क्षेत्र नं ७ का अध्यक्ष द्वारिका रेग्मी, सचिव फिरोज आलम, क्षेत्र नं ६ का अध्यक्ष शिवराम थन्दार, सचिव सद्दाम हुसेन, वैजनाथपुर गाउँ कमिटीका पार्टी सचिव थानेश्वर अधिकारी, वैष्णव युवा परिषद्का जिल्ला अध्यक्ष मनोज भट्टराई, अखिल क्रान्तिकारी मोरङका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र मेहतालगायतका नेता एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै, पत्रकार राजेशकुमार भगत, प्रतीक श्रेष्ठ र निखिल राउत पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेकामध्ये अधिकांश वाइसिएलका नेता कार्यकर्ता रहेका छन् । एमाले प्रवेश गरेकालाई केन्द्रीय सदस्य जीवन घिमिरे, केन्द्रीय सल्लाहकार सदस्य गुरु बराल, मोरङ अध्यक्ष महेश रेग्मी, मोर्चा विभाग प्रमुख रुपेश खतिवडालगायतले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेकाहरुले कार्यक्रममा बोल्दै एनेकपा ९माओवादी०बाट कम्युनिस्ट आन्दोलन सम्भव नभएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप