दुर्घटनामा पाँच घाइते, एकै परिवारका तीनजना गम्भीर
चितवन–चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सोमबार साँझ भरतपुर–१० स्थित ओरालोमा नारायणगढ जाँदै गरेको ग १ ज ५७०६ नम्बरको पिकअप भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
पिकअप भ्यानले विपरीत दिशातर्फ जाँदै गरेको ग ४ प ३९१८ नम्बरको मोटरसाइकल र ना १७ प ५७२१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा ३९१८ नम्बरको मोटरसाइकलका चालक भरतपुर–१२ का ५० वर्षीय श्रीराम कट्टेल, उनकी श्रीमती ४५ वर्षकी नारायणी कट्टेल र छोरी सन्ध्या कट्टेल रहेका छन् । एउटै मोटरसाइकलमा रहेका तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, स्कुटीमा सवार भरतपुरका स्थानीय १८ वर्षका विजय न्यौपाने र भरतपुर–७ का २० वर्षीय सुमाङ्कर भण्डारीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरु पाँचैजनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको र पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण