ओली सरकारलाई देशको चिन्ता छैनः देउवा
भक्तपुर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारलाई देशको चिन्ता नभएको आरोप लगाएका छन् ।
सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले सोमबार भक्तपुरमा आयोजन गरेको राधेश्याम जोन्छेको चौथो स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै देउवाले भने ‘झुटो आश्वासन बाड्ने ओली सरकारलाई देशको चिन्ता छैन ।’ अहिले मुलुकको अवस्था जटिल भएकाले संविधान कार्यान्वयन गर्नु नै सरकारको मुख्य उद्देश्य हुनु पर्ने समेत देउवाको भनाई रहेको छ । देउवालेख स्थानीय निकाय, संसद, राष्ट्रिय सभा लगायको निर्वाचन नगरी संविधानको कार्यान्वयन हुन नसक्ने समेत बताए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधीले अहिलेको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट आत्मघाती रहेको आरोप लगाए । अर्का केन्द्रिय सदस्य डाक्टर प्रकाश शरण महतले कुरा मात्र गर्ने र सपना बाँड्ने सरकारले देशको भलो नगर्ने आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण