मुस्ताङको विकट गाउँमा भारतीय पर्यटक अलपत्र, दुईजना बिरामी
सोमबार, २४ जेठ २०७३, १३ : १६
मुस्ताङ –मुस्ताङको विकट गाउँ यारा भन्दा चार घण्टा मागिको भु–भागमा तीन दिनदेखि भारतिय पर्यटकहरु अलपत्र परेका छन् ।
नेपाल घुम्न आएका बेला ट्रेकिङ गएका आठ जना पर्यटक अलपत्र परेको मुस्ताङका डिएसपी हरिहरनाथ योगीले रोतापाटीलाई बताए । ‘हाई अल्टिच्युडका कारण दुई जना बिरामी परेका छन्, हामीले उद्धारको प्रयास थालेका छौं ’ उनले भने ।
पर्यटक अलपत्र परेको र उद्धारको आवश्यकता रहेको बारे आफुले भारतिय दुतावास र गृह मन्त्रालयलाई जानकारी गराएको भएपनी हालसम्म हेलिकप्टरको ब्यवस्था हुन नसकेको योगीले बताए ।
बैंगलौरबाट नेपाल आएका भारतियहरु पोखराहुँदै लोमान्थाङ क्षेत्रतिर लागेका थिए । पर्यटकहरु रहेको क्षेत्र अति विकट भएकाले हेलिकप्टर बाहेक उद्धारको अर्को विकल्प नभएको बताईएको छ । भारतिय दुतावासका डिसीएम विनय कुमारले उद्धारका लागी आफुहरुले प्रयास जारी राखेको बताए । उनले भने, ‘हामी सुरक्षाकर्मीसँग समन्वय गरिरहेका छौं, चाँडै हेलीकप्टर पठाउँदै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण