सगरमाथामा प्रेमले रचेको इतिहास
काठमाडौं –भारत महाराष्ट्रका एक प्रहरी दम्पतीले सगरमाथाको सफल आरोहण गरेर किर्तिमान रचेका छन् । भारतको महाराष्ट्र प्रहरीका कन्सटेवल दम्पती दिनेश चन्द्रकान्त राठोर र उनकि श्रीमती तारकेश्वरी राठोरले सगरमाथाको चुचुरोमा पाइला राख्ने प्रथम प्रहरी जोडिको इतिहास बनाएका हुन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दिनेश चन्द्रकान्त राठोरले सगरमाथाको आरोहण गर्नसक्नु आफैमा गर्वको कुरा भएको बताए । सगरमाथा आरोहणको लागि हामिले आफ्नो सन्तान जन्माउने योजना समेत पछाडि सारेका छौ, अब हामी गर्वसाथ सन्तान जन्माउन सक्छौ” तारकेश्वरी राठोरले भनिन् । सन २००७ मा प्रहरी सेवामा प्रवेश गरेका राठोर दम्पति सन् २००८ मा विबाह बन्धनमा बाँधिएका थिए ।
३० वर्षिय दम्पतिले सन् २०१४ मा अष्ट्रेलियाका १० ठुला शिखरहरुको पनि सफलतापुर्वक आरोहण सम्पन्न गरिसकेका छन् । आफ्ना सहकर्मिमाझ “एडभेन्चर्स कपलका” रुपमा परिचित राठोर दम्पतीले सन् २०१५ मा नै सगरमाथा आरोहणको अनुमति लिइसकेका थिए । तर भूकम्पको कारणले अघिल्लो वर्षको आरोहण स्थगित हुन पुगेको थियो । यस वर्षको सगरमाथा आरोहणमा २ जना भारतीय नागरीकले ज्यान गुमाउनु परेको घटनाले राठोर दम्पतीलाई केहि मनोवैज्ञानीक असर परे पनि दृढ लक्ष्य र प्रेमको सार्मथ्यले सगरमाथामा विजय प्राप्त गर्न सकिएको उनीहरुको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण