प्रदेश कमिटी बनाउन एमालेमा गृहकार्य
सोमबार, २४ जेठ २०७३, २२ : ०६
काठमाडौँ - नेकपा (एमाले) ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउन गृहकार्य गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको संयोजक र सदस्यको चयनको विस्तृत मापदण्ड बनाई तीन दिनभित्र पेस गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । सङ्गठन विभागले तयार गरेको प्रस्ताव सचिवालय हुँदै स्थायी कमिटीमा पेस हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा केही सदस्यले पदाधिकारीलाई प्रदेशको संयोजक बनाउनुपर्ने भनाई राख्नुभयो भने केहीले स्थायी कमिटीका सदस्यबाट संयोजक बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसअघिको एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटीको मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण