सिजी इलेक्ट्रोनिक्सले ल्यायो एलजी स्मार्ट टिभी च्यालेन्ज योजना
काठमाडौं–सिजी इलेक्ट्रोनिक्सले आफ्नो टिभीको खरिदमा एलजी स्मार्ट टिभी च्यालेन्ज योजना ल्याएको छ । एलजी टिभीको नेपालका लागि आधिकारिक वितरक चौधरी ग्रुप अन्तर्गतको सिजी हो । एलजीले ५० बर्ष पुगेको अवसरमा र युरो कप २०१६ लाई लक्षित गरी ग्राहक योजना ल्याएको हो । एलजीले बजारमा आधुनिक मल्टिटास्किङ अपरेटिङ सिस्टम भएका टिभी ल्याएको जनाएको छ । यी टिभी स्मार्ट र फास्ट रहेको कम्पनीले जनाएको छ । एप्स र इन्टरनेट चलाउनका लागि स्मार्ट टिभीका रिमोटहरु अत्याधुनिक रहेको र त्यसमा दुई पटकसम्म क्लिक गर्नसक्ने गरी बनाइएको कम्पनीले जनाएको छ । जसका कारण होपपेजमा पुग्नका लागि प्रत्येक पटक थिचिरहनु पर्दैन । त्यस्तै टिभीमा फोरजी प्लग एण्ड प्लेको सुविधा रहेको छ । एलजी स्मार्ट टिभीको रिमोटमा वेभ अपरेटिङ सिस्टम रहेको हुन्छ, जसका कारणले कम्प्युटरको माउस भन्दा पनि सजिलोसँग प्रयोग गर्न सकिन्छ । यसमा रहेको लन्चवार मार्फत एकै पटकमा आफूलाई चाहिएको एप एलजीको एपस्टोरमा गएर निशुल्क डाउनलोड गर्न मिल्ने कम्पनीले जनाएको छ । कम्युटरमा भएको स्क्रोल सुविधा रहको यस स्मार्ट रिमोटमार्फत प्रयोगकर्ताले वेभ पेज लगायत च्यानल पनि परिवर्तन गर्न सक्ने जनाइएको छ । स्मार्ट प्रोसेसर राखेका कारण टिभी हेर्दा र एप वा गेम खेल्दा स्लो भएको अनुभव नहुने कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण