खाद्य मेला असारमा
मङ्गलबार, २५ जेठ २०७३, ११ : ३८
काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ ।
स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेष खाद्य पदार्थ सहित मेला आयोजना गरिने छ ।
यस किसिमको मेला यही जेठ २१ र २२ गते ओखलढुङ्गामा सम्पन्न भएको विभागले जनाएको छ । यही जेठ २९ र ३० गते सिन्धुली तथा असार ३ र ४ गते लमजुङमा गर्न लागिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
उनले कुपोषण न्यूनीकरणका लागि भूकम्पबाट असर परेका विभिन्न जिल्लामा पनि यस्तो मेला आयोजना गरिने बताउँदै दुर्गम पहाडी क्षेत्र लगायत देशका विभिन्न भागमा स्थानीय खाद्य परिकारको उपभोग बढाउन र खाद्यान्नमा परनिर्भरता कम गर्न स्थानीय कृषि उत्पादनबारेमा मेला उपयोगी हुने बताए ।
खानेबानी सुधारका लागि विभिन्न क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुने तर अल्प प्रचलनमा रहेका पोसिला खाद्य पदार्थको जानकारी गराउन तथा त्यसको प्रवद्र्धन गर्न विभागले यस्तो अभियान चलाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण