स्वर्गीय गुरुङको हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि
मङ्गलबार, २५ जेठ २०७३, ११ : ४५
काठमाडौँ– गए राति निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ ।
उनको शव आज बिहान १०ः५१ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नेपाल प्रज्ञा–प्रतिष्ठान लगिएको छ । त्यहाँ अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिने उनका माहिला छोरा राजुले जानकारी दिए । उनले भने, ‘बुबाको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ । अन्तिम संस्कार हिन्दू र बौद्ध दुवै विधिबाट हुनेछ ।’
बिहान ग्रान्डी अस्पतालमा स्वर्गीय गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति पुगेका थिए । भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्याका कारण गुरुङको निधन भएको हो । उनी गत हप्तादेखि स्थानीय ग्रान्डी अस्पतालमा उपचारत थिए । यसअघि उनको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण