पालबाटै भए पनि स्थानीय निर्वाचन हुन्छ : कावा प्रमुख निर्वाचन आयुक्त
शुक्रबार, २८ जेठ २०७३, २० : ०८
रसुवा – कावा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पुनःनिर्माण हुन बाँकी जिल्लामा पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न सकिने बताएका छन् ।
सदरमुकाम धुन्चेमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले सरकारले तोकेको मितिदेखि ९० दिनभित्र पाल राखेरै भए पनि स्थानीय निकायको निर्वाचन गर्न आयोग तयार रहेको बताए ।
भूकम्पले क्षति पु¥याएका जिल्लाको पुनःनिर्माणका लागि सहयोग गर्न निर्माण व्यवसायी, स्थानीय निकाय र राजनीतिक दलसँग आग्रह गर्दै उनले मतदाता शिक्षा लगायत कार्यक्रममा सञ्चारकर्मी र राजनीतिक दललाई सहभागी गराउन जिल्ला निर्वाचन कार्यालय रसुवालाई निर्देशन दिए ।
कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले सङ्घीयताको सीमाङ्कन नभई गरिने निर्वाचन सार्थक नहुने विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण