युरोको पूर्व सन्ध्या सेक्स स्क्याण्डलमा मुछिए डि गेया, स्पेनको टोलीबाट ‘आउट’ ?
पोर्नोग्राफर इग्नासियो फर्नान्डो अलेन्डेबारे भइरहेको अनुसन्धानको क्रममा बयान दिँदा एक महिलाले डि गेयाको नाम उल्लेख गरेका हुन् । डि गेयाले ती महिला र इग्नासियोसँग भेट गराएको बयानमा उल्लेख छ ।
नाम नखुलाएकी पीडित महिलाले एथ्लेटिक बिल्बाओका स्टार इकर मुनाइन र अर्का एक खेलाडीसँग जबर्जस्ती यौनसम्बन्ध राख्न बाध्य बनाएको बताएको स्पेनिस पत्रिका मार्काको अनलाइनमा उल्लेख छ ।
यो रिपोर्ट स्पेनको एल डाइरिओस नामक पत्रिकामा छापिएको छ । जसलाई मार्काले उद्धृत गरेको हो ।
यो घटना सन् २०१२ मा म्याड्रिडको एक पाँच तारे होटलमा भएको थियो । त्यतिबेला यी खेलाडीहरु अन्डर २१ टोलीका सदस्य थिए ।
ती महिलाले डि गेयाले आफूसँग यौनसम्बन्ध नराखे पछि पोर्नोग्राफर इग्नासियोसँग भेट गराउन भूमिका खेलेको बयान दिएकी छिन् ।
यस मामिलामा रियल म्याड्रिडका मिडफिल्डर इस्कोको नाम पनि मुछिएको बताइएको छ ।
यौनशोषण, बाल पोर्नोग्राफी र मानवतस्करीको मामिलामा इग्नासियो सन् २०१६ को अप्रिल देखि जेलमा रहेका छन् । उनी स्पेनमा टोर्बे भनेर चर्चित छन् ।
यो खबर सार्वजनिक भइरहँदा द सन पत्रिकाको अनलाइनले भने डि गेया स्पेनको टोलीबाट निकालिएको र घर फर्किको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण