मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु

मङ्गलबार, ३० असार २०८३, ११ : ५३
मङ्गलबार, ३० असार २०८३

काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएका पृथ्वी राजमार्गसहित विभिन्न राजमार्ग सञ्चालनमा आउन थालेपछि काठमाडौंको नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको छ।

हिजो रातिदेखिको लगातार वर्षाका कारण पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध हुँदा लामो दूरीका सवारी साधन र यात्रुहरू अलपत्र परेका थिए। राजमार्ग आज बिहान करिब १० बजेदेखि सञ्चालनमा आएपछि रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन्।

राजमार्ग खुलेसँगै नयाँ बसपार्कबाट लामो दूरीका बसहरू छुट्ने क्रम सुरु भएको छ। बसपार्कमा यात्रुको चाप पनि बढ्न थालेको छ भने टिकट काउन्टर र प्रस्थान क्षेत्र पुनः व्यस्त देखिन थालेका छन्।

यातायात व्यवसायीका अनुसार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि नियमित सेवा क्रमशः सहज बन्दै जाने अपेक्षा गरिएको छ। यद्यपि केही स्थानमा सडकको अवस्था कमजोर रहेकाले सावधानी अपनाएर सवारी सञ्चालन भइरहेको छ।

Naya Buspark_NPL (1)Naya Buspark_NPL (2)Naya Buspark_NPL (3)Naya Buspark_NPL (4)Naya Buspark_NPL (5)Naya Buspark_NPL (6)Naya Buspark_NPL (7)Naya Buspark_NPL (8)Naya Buspark_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप