मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल

मङ्गलबार, ३० असार २०८३, ११ : ५३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • सांसद रमेशकुमार मल्लले राज्य संरक्षित व्यक्तिहरूले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्न मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाएको आरोप लगाएका छन्।
  • उनले सडक जाम गर्ने र मिडिया हाउसमा अवरोध गर्ने गाडीहरूमाथि लाखौँ जरिवाना गरी संलग्नहरूमाथि कारबाही गर्न सरकारलाई सचेत गराए।
  • सांसद मल्लले सरकारले सुकुमबासीलगायतका गरिब नागरिकलाई पीडा दिने काम गरिरहेको र प्रधानमन्त्रीको राष्ट्रियता विरोधी अभिव्यक्ति नसच्याएकोमा आपत्ति जनाए।

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेका व्यक्तिहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने तथा मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैलाउने खालका गतिविधि गरेको सांसद मल्लको जिकिर थियो। उनले मिडिया हाउसमा अवरोध हुने गरी तेर्स्याएर राखिएका गाडीलाई लाखौँ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारलाई सचेत गराए। सरकारले सामान्य नागरिकको हितमा कुनै पनि काम गर्न नसकेको गुनासो गर्दै उनले प्रधानमन्त्री साहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति समेत जनाए।

बैठकमा बोल्दै सांसद मल्लले भने, ‘राज्य संरक्षित मान्छेहरूबाट न्यूरोड लगायतका मुख्य सडकहरूमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो।’ हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरू तेर्स्याइएको र प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी रोक्ने काम भएको उनले बताए। 

५ सयदेखि लाखौँको जरिवाना गर्छु भन्ने सरकारले आज ५ सयको चिट काटेर उनीहरूलाई छाड्दै छ भन्ने सुनेको उल्लेख गर्दै उनले थपे, ‘यो राज्यले यस्तो काम गर्ने, उनीहरूलाई ५ सयको चिट काटेर घर पठाउने ? यो कुनै हालतमा हुन सक्दैन सभामुख महोदय।’ यस्ता गतिविधि गर्नेहरूलाई लाखौँ जरिवाना तिराउनुपर्ने र गाडी जफत गरिनुपर्ने उनको माग छ।

यो गतिविधिको योजना बनाउने र यसमा संलग्न हुनेहरूलाई छिटोभन्दा छिटो छानबिन गरी कारबाही गर्नुपर्नेमा उनले जोड दिए। यसका साथै सांसद मल्लले सरकारले सुकुमबासीलगायतका गरिब नागरिकलाई एकपछि अर्को पीडा दिने काम गरिरहेको आरोप समेत लगाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप