बजेट अभावमा औषधि खरिद भएन
शनिबार, २९ जेठ २०७३, ०९ : १४
पाँचथर - पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ ।
पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा कम भएकाले बिरामीले मागअनुसारको औषधि पाउन नसकेका हुन् ।
अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले वर्षभरि पु¥याउने गरी बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताए ।
बिरामीको चाप दोब्बर भए पनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा आवश्यकताअनुसार औषधि नपाएको साहको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्यास्टिक, उच्च रक्तचाप र बाथ रोगका बिरामीले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।
आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रले गत आवमा १० हजार ९०० दीर्घरोगीले उपचार गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण