सांसदको तलब भत्ता बढ्नु हुदैनः गुरुङ
कावासोती – नेपाली काग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशको आर्थिक बृद्धिदर घट्दो (घाटा) क्रममा रहेकोले सांसद तलब भत्ता बढाउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपरासीले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता गुरुङले यस्तो कुरा बताएका हुन् । उनले हालै संसदमा पेश भएको बजेटले आर्थिक उन्नती गर्न नसक्ने र अहिलेको प्रस्तुत बजेटमा ऋण अनुदान र ऋण सापटीमा केन्द्रित बनी सरकारले बजेट ल्याएको समेत बताएका छन् । जसले गर्दा देशको बिकास नहुने गुरुङको तर्क छ । भूकम्प पछिका निर्माण कार्य र मौलिक समेत सम्पन्न गर्नु पर्ने र सो का लागि आर्थिक नै जिम्मेवार हुने हुदाँ सांसदहरुको तलब बढाउन नहुने उनको भनाई थियो । संविधानमा उल्लेख मौलिक हकहरु , स्वास्थ्य , शिक्षा , रोजगार लगायतका हक कार्यान्वयनमा राज्यसंग पर्याप्त ढुकुटी र संरचना समेत नभएको हुँदा राष्ट्रिय सहमती विना संविधान कार्यान्वयन नहुने उनले जनाए । नेता गुरुङले संसद सदस्यको तलव भत्ता वढाउन नहुने भन्दै आफुले पाटी सभापतिलाई लिखीत रुपमानै पत्र बुझाएको भन्दै काग्रेस यसको विरोधमा लाग्ने आशाबादी समेत रहेको बताए । साथै मुलुक विषम परिस्थितीमा चलिरहेको वेला राज्यको ढुकुटी सिध्याउनेमात्र खेलमा लाग्न नहुने बताएका थिए । हालको संविधानमा २०७४ माघ सम्ममा स्थानिय तथा संसदीय निर्वाचन गरीसक्नुपर्ने र सोही स्थानिय निर्वाचनको आधारमा प्रदेश हुदै राष्ट्रिय सभा र प्रतिनिधी सभा मार्फत राष्ट्रपतिको समेत निर्वाचन गर्नु पर्ने भएकाले संविधान कार्यान्वयन हुदैनकी भन्ने आशंका रहेको समेत नेता गुरुङले बताएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण