इलाममा सशस्त्र द्वन्द्वका ११८ उजुरी
इलाम - सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् ।
सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका हुन् ।
तीमध्ये सत्य निरुपणमा १७७ र बेपत्ता छानबिनमा ११ वटा उजुरी दर्ता भएका छन् । जसमा विस्थापित ४१, हत्या ३७, मानसिक तथा शारीरिक यातना ५४, नजरबन्दी दुई, सम्पत्ति कब्जा–क्षति ३७, शारीरिक यातना, अङ्गभङ्ग तथा आर्थिक २४ र अपहरण मुद्दामा १२ वटा उजुरी दर्ता भएको स्थानीय शान्ति समितिको कार्यालय इलामले जनाएको छ । पछिल्लो पटक प्रहरी सेवाबाट निलम्बनमा परेको भन्दै चार वटा उजुरी दर्ता भएका छन् ।
आयोगले आगामी असार २ गतेसम्म उजुरी लिने समयसीमा निर्धारण गरेको छ । शान्ति समितिको कार्यालयबाट एक हजार २०० उजुरी फारम पीडितले लगेको र दर्ता हुन आउने क्रम जारी रहेको स्थानीय शान्ति समिति कार्यालयका सचिव डीकेन्द्र इदिङ्गोले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण