सिन्धुपाल्चोकबाट धादिङ पुगेका तीन बालिका परिवारको जिम्मामा
मेलम्ची - इलाका प्रहरी कार्यालय मेलम्चीको रोहवरमा तीन बालिकालाई चाइल्ड नेपालले शुक्रबार राति सम्बन्धित परिवारलाई जिम्मा लगाएको छ ।
सिन्धुपाल्चोक जिल्लाको लागर्चे गाविसका तीन बालिकालाई धादिङबाट प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा केही नखुलेकाले बालबालिकाको हकहितमा काम गर्ने संस्थामार्फत परिवारलाई जिम्मा लगाएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नीरज डाँगीका अनुसार घरबाट परिवारलाई समेत थाहा नदिई भागेको र परिवारले प्रहरीमा उजुरी गरेकाले धादिङमा फेला परेका बालिकालाई चाइल्ड नेपाल र महिला तथा बालबालिका कार्यालयको सहयोेगमा प्रहरीमार्फत आआफ्नो परिवारलाई जिम्मा लगाएको हो ।
पन्ध्र वर्षभन्दा कम उमेरका तीन बालिका गत २४ गते साथीकोमा कपडा लिन जान्छु भनेर गएको र रात परेपछि समेत नआएको र आफन्तलाई समेत खबर गर्दा पत्ता नलगाएपछि प्रहरीमा उजुरी दिएको बालिकाको परिवारले बताएको छ ।
प्रहरी निरीक्षक डाँगीका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले र घरबाट समेत ख्याल नगर्ने भएकाले बालबालिका आफूखुसी घर छाडेर जाने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण