भाइरसको खतरामा नेपाली कम्युटर : एसियामा चौंथो स्थानमा
काठमाडौं – नेपालका कम्युटरहरु भारइसको खतरामा रहेको माइक्रोसफ्ट एसियाले गरेको अध्ययनले देखाएको छ । मालवेयर इन्फेक्सन इन्डेक्स २०१६ का अनुसार नेपाल भाइरसको खतराको दृष्टिले एसियामा चौंथो स्थानमा रहेको छ ।
पहिलो स्थानमा पाकिस्तान पहिलो स्थानमा रहेको छ भने इन्डोनेसिया, बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
यी देशहरुमा औसतामा ४० प्रतिशतभन्दा बढी कम्प्युटरहरु भाइरसको चपेटमा रहेका छन् । विश्वको औसत भने २०.८ प्रतिशत रहेको छ । सन् २०१५ मा यो १७.६ प्रतिशत रहेको थियो ।
भारत आठौं स्थानमा रहेको छ भने चीन चौधौं स्थानमा रहेको छ ।
माइक्रोसफ्ट प्रोटेक्सन सेन्टर (एमएमपीसी) र माइक्रोसफ्ट सेक्युरिटी इन्टिलिजेन्स रिपोर्टको आधारमा उक्त तथ्याङ्क गत जुन ७ मा सार्वजनिक गरिएको हो ।
कम्प्युटरमा सबैभन्दा बढी देखिएका भाइरसमा गामाउरे, सिकेया र पल्स रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदर विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण