तातोपानीको लिपिङ खोला जलविद्युत निर्माण हुने
चौतारा - सिन्धुपाल्चोकको तातोपानी गाविस–३ स्थित लिपिङ खोला जलविद्युत आयोजना निजी क्षेत्रबाट निर्माण गरिने भएको छ ।
हिमरिभर हाड्रोपावर कम्पनीको तीन अर्ब लगानीमा निर्माण गरिने १६.२६ मेगावाटको उक्त आयोजनाको शुक्रबार नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको प्रबन्ध सञ्चालक रामकाजी पौडेलले जानकारी दिए ।
आयोजनाको लागि प्रवेश मार्ग बनाउनुनपर्ने हुँदा केही सस्तो पर्ने बताइएको छ । विसं. २०७७ साल वैशाखमा सम्पन्न गर्ने लक्ष रहेको सो आयोजना गौरिशंकर संरक्षण क्षेत्र र नेपाल – चीनको सीमानामा पर्दछ ।
उक्त आयोजनाको वातावरणीय प्रभाब मुल्याङ्कनको कामसमेत सम्पन्न भइसकेको छ । विद्युत विकास विभागबाट केही दिनभित्रै उत्पादन अनुमति प्राप्त हुने प्रवन्ध सञ्चालक पौडेलले बताए ।
एक हजार १०० मिटर पेनस्टक पाइप र एक हजार ३०० मिटर हेडरेस पाइपद्वारा पानी खसालिने आयोजनाको हेड ८०० मिटर रहने छ । त्यहाँ उत्पादित विद्युतलाइ ३४ किलोमिटर प्रशारण लाइनमार्फत लामोसाँघुस्थित सब स्टेसनमा आवद्ध गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
जिल्लामा यो बाहेक निजी क्षेत्रबाट छ वटा आयोजनाको निर्माणकार्य भइरहेको छ । कुल २१२.९ मेगावाटका ती आयोजनाबाट आगामी एक वर्षदेखि दुई वर्षभित्र १७३।९ मेगावाटको पाँच वटा आयोजना सम्पन हुने छन् भने ३९ मेगावाटको एक आयोजनामा चार वर्षभित्र सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण