मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीडितलाई बेवास्ता गरे आयोगलाई बहिष्कार गर्छौं : द्वन्द्वपीडित

शनिबार, २९ जेठ २०७३, ०२ : २२
शनिबार, २९ जेठ २०७३

काठमाडौं –द्वन्द्वपीडित साझा चौतारीले सत्य निरुपण तथा मेलमिलाप अयाोग र बेपत्ता छानविन आयोगले पीडितहरुसँग समन्वय र छलफल नै नगरी आफ्ना कामकारवाही अघि बढाए आयोगलाई नै बहिष्कार गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चौतारीका अध्यक्ष सुमन अधिकारीले भने,‘द्वन्द्वपीडितहरुको सहमति नलिईकन आयोगले गरेका निर्णयहरु हामी बहिष्कार गर्छौं ।’ चौतारीले आयोगको उपस्थिति र प्रभावकारीता कमजोर रहेकाले द्वन्द्वपीडितहरु अलमलमा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

अध्यक्ष अधिकारीले शान्ति समितिमा फारम लिनपनि तीन चार दिन लाग्ने बताउँदै भने,‘यसका कारण अधिकांश पीडितहरु झन्झट मानेर उजुर गर्न गएका छैनन्, उजुरी हाल्ने प्रक्रिया समेत शान्ति समिति र जनता दुवै समूहलाई थाहा छैन, अझ शान्ति समितिमा पीडक पनि भएकाले पीडितले उजुरी हाल्न हिच्किचाउँछन् ।’

चौतारीले आयोगले उजुरी लिन फिल्डमा जाुनपर्नेमा सदरमुकाममा नै उजुरी संकलन गर्ने व्यवस्था गरेकाले पीडितलाई गाह«ो भएको गुनासो गरेको छ । चौतारीले यही अवस्था रहीहरे धेरै पीडितले उजुरी नहाल्ने समेत दाबी गरेको छ ।

अधिकारीले शान्ति समितिका सचिवले उजुरीमा मनलाग्दी गरेको आरोप लगाउँदै भने,‘‘समितिका सचिवले उजुरीको व्यहोरा आँफै लेख्छन्, उक्त व्यहोरा पीडितलाई पढेर सुनाउँदैनन्, र हुँदाहुँदै सही पनि आँफै गर्छन् ।’’ उनले यही अवस्था रहिरहे समितिको औचित्यमाथि नै प्रश्न उठ्ने चिन्ता व्यक्त गरे ।

चौतारीका महासचिव राम भण्डारीले शान्ति समितिको निश्पक्षता र प्रभावकारितामाथि प्रश्न उठाउँदै भने,‘यसरी नै मनलाग्दी ढंगले एकपक्षीय रुपमा उजुरी लिने हो भने हामी त्यसको सशक्त बहिष्कार गर्छौं र आयोगले गरेका निर्णयहरु पनि अस्विकार गर्दै न्यायको पक्षमा लड्छौं ।’

चौतारीले अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक), एडभोकेसी फोरम, ईन्टरनेसनल सेन्टर फर टा«न्जिसनल जस्टिस (आईसीटिजे), लगायतका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघसंस्थाको सहकार्यमा सत्य निरुपण तथा मेलमिलाप आयोग एवं बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगहरुले आह्वान गरेको उजुरी दर्ता प्रक्रियाको बैशाख २८ देखि जेष्ठ २१ सम्म अनुगमन गरेर उक्त निश्कर्ष निकालेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप