अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोलीहानी हत्या
शनिबार, २९ जेठ २०७३, २२ : १४
मियामी - अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । उनले ओल्र्याण्डोमा कन्सर्ट दिएका बेला एकजना अज्ञात व्यक्तिले गोली चलाएको थियो ।
ओल्र्याण्डोमा आयोजित कन्सर्टमा गीत गाएर दर्शकलाई अटो दिएको समयमा शुक्रबार गोली लागेकी उनलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
उनको शुक्रबार अबेर अस्पतालमै निधन भएको प्रहरीले जानकारी दिएको छ । गोली हानेपछि क्रिस्टिनाका दाजुले उक्त व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उसले आफैलाई पनि कन्चटमा गोली हानेको थियो ।
क्रिस्टिनालाई गोली प्रहार गर्ने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ओल्र्याण्डो प्रहरी विभागले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो जानकारी दिएको छ ।
अटो लिनखोजेजस्तो गरी एकजना व्यक्ति हिँड्दै उनी रहेको स्थानमा आएको र नजिकै आएर गोली हानेको प्रहरीले जनाएको छ ।
हत्याको थप विवरण आएको छैन । अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
-
मुख्यमन्त्री कँडेलले पनि सकेनन् बजेट कार्यान्वयनमा सुधार ल्याउन
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण