गगन थापा अमेरिका आउने
आइतबार, ३० जेठ २०७३, ०८ : १३
वाशिंगटन डिसी -आगामी जुलाई १ देखि ४ सम्म अमेरिकाको एटलांटा जर्जियामा हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापालगायतका व्यक्तिहरु वक्ताको रुपमा आउने भएका छन् l
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को सम्मेलनको दोश्रो दिन हुने नेपाल फोरम नामक कार्यक्रमको लागि गगन थापा तथा कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले सहभागिता जनाउने पक्का भएको छ l
यसै गरि संविधानसभाका नेकपा एमालेका सभासद तथा नेकपा एमाले का केन्द्रिय सदस्य रबिन्द्र प्रसाद अधिकारी पनि उक्त कार्यक्रमको लागि वक्ताको रुपमा आउने निश्चित भएको छ l
नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने मिति तय भै सकेको छ भने उक्त नेपाल फोरम कार्यक्रम संचालन स्वयम् अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने छन् l
यसपालीको एएनए सम्मेलनको नेपाल फोरम कार्यक्रममा नेपालका राजनीतिज्ञ ,पत्रकार तथा ब्यापारीहरुको प्रतिनिधित्व हुनेछ भने वक्ताहरुले नेपालको स्वरुप तथा विकासका लागि दृष्टि सम्बन्धि प्रकाश पार्ने छन l
यस पालीको नेपाल मंच(फोरम)कार्यक्रममा आर्थिक विकासको लागि केन्द्रित हुने छ l नेपाल फोरम कार्यक्रम झन्डै दुई दशक देखि एएनएले गर्दै आएको छ भने बिगत ३-४ बर्ष यता उक्त कार्यक्रम संचालन नागिएको भएता पनि आगामी सम्मेलनमा यस्ता महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने भएको छ l
डिसी महानगर क्षेत्रमा स्थापित ईनेपलिजले नेपाल फोरमको भिडियो ,समाचार ,प्रचार प्रसार तथा प्रसारण समेतमा प्रत्यक्ष सहभागिता तथा सहयोग पुर्याउने भएको छ l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण