होटलबाट कामदार बनाइएका तीन बालकको उद्धार
आइतबार, ३० जेठ २०७३, १० : ३३
दोलखा – होटलमा साना साना बालबालिकालाई प्रयोग गरी काम लगाएको जनाउँदै यहाँका तीन होटलबाट तीन बालमजदुरको उद्धार गरिएको छ ।
उद्धार भएकामा होटल गौरी होराइजन, चरीकोट चरीघ्याङबाट १४ वर्षीय तुलामान थामी, रेसिका मिठाइ चाट भण्डार बीचबजारबाट १४ वर्षीय चन्द्र नेवार र होटल जेनियल चरीघ्याङबाट १२ वर्षीय तुलमान थामी छन् ।
उनीहरु सबैको घर कालिञ्चोक गाविस रहेको बताइएको छ । उनीहरुको उद्धारका लागि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्लान इन्टरनेसलन नेपाल लगायत सङ्घसस्थाको सहभागिता थियो ।
उद्धार गरिएका बालबालिकालाई केही दिनका लागि गैरसरकारी संस्थाले राख्ने प्लान नेपालका प्रमिला अधिकारीले जनकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण