राष्ट्रिय सभाका उम्मेदवारहरु छान्दै एमाले
सोमबार, ०८ माघ २०७४, १० : ४५
काठमाडौँ । नेकपा एमालेको स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाको लागि एमालेले उम्मेदवार बनाउने २९ जनाको नाम टुङ्याउने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।
२ गते भएको संयुक्त कार्यदलले सिफारिस गरेका सदस्य संख्या हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बेठकले अनुमोदन गरेको छ ।
आज बस्ने स्थायी समितिको बैठकमा हिजो ओली निवासमा भएको संयोजन समितिमा भएको छलफलको पनि ब्रिफिङ हुने जनाइएको छ ।
एमालेले राष्ट्रिय सभामा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिसहित मिलाएर २९ जनाको नाम आज टुङ्ग्याउने नेम्वाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण