बाँसबाट निर्मित सामाग्री बेचेरै मनग्य आम्दानी
बिहीबार, ०९ असार २०७३, १७ : ०६
सल्यान – सल्यान घाँजरीपिपल वडा न २ का जुद्ध बहादुर डाँगीले बासँबाट निमार्ण हुृने विभिन्न सामाग्री निमार्ण गरी मनग्य आम्दानी गर्दै आइरहेका छन् ।
बाँसबाट निमार्ण हुने छिटनी, झापी, पुजा सामाग्री राख्ने टोकरी, डोको, अन्न राख्ने भकारी लगायतका सामाग्री निमार्ण गरेर आम्दानी गर्दै आइरहेका छन् ।
६५ वर्षीय डाँगीले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहेका हुन् ।
गाँउबाट एक घनाको ३०० का दरले बाँस किनेर पनि विभिन्न सामाग्री निमार्णबाट राम्रै आम्दानी भईरहेको डाँगीले बताए । उनले भने, ‘बाँस, अन्य घर खर्च कटाएर महिनामा १५ हजार जति बचाएदै आइरहेको छु ।’ निमार्ण गरिएका सामाग्रीहरुको आकार अनुसार ३ सय देखि एक हजारसम्ममा विक्रि गर्ने गरेको डाँगीले बताए ।
वाउबाजेले गर्दै आइरहेको पराम्परागत पेशामा अंगाल्दै आइरहेको बताउदै उनले बाँसबाट निमार्ण गरेका सामाग्री धेरै टिक्ने र आर्कषक समेत हुने बताए ।
बजारको विकाससँगै प्लाष्टिकका सामाग्री घरदैलोमै आइपुग्दा आफ्नो पुख्यौली पेसा संकटमा पर्छकी भन्ने चिन्ताले छाएको उनले बताए ।
बासँबाट बनेका भन्दा प्लाष्टिका सामाग्री सस्तो पनि पर्ने भएकाले पहिलेको भन्दा उत्पादन भएका सामाग्री कम विक्रि हुदै गईरहेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण