इटहरी डुबाउने शेरा खोलालाई नियन्त्रणमा ल्याइने
इटहरी – केही दिन अघी परेको अविरल बर्षाका कारण पूर्वको जनजिवन अस्तव्यस्त बन्यो । पूर्वको उदयमान शहरको रुपमा चिनिएको इटहरी अलि बढी बाढीको मुख्य चपेटामा प¥र्यो । इटहरीको शिर माथिबाट बग्ने शेरा खोलाको बाढी नियन्त्रण गर्न नसक्दा इटहरीवासीका लागि वर्षौ देखिको टाउको दुखाईको विषय बनेको छ ।
शेरा खोलामा आउने बाढीका कारण इटहरीमा ठुलो क्षती पुग्ने गरेको छ । मंगलवार इटहरी उत्तरबाट बग्ने शेरा खोलाको पानी इटहरीमा प्रवेश गरे पछि इटहरीवासी त्रसित बने ।
अहिले इटहरीवासीले उक्त खोला नियन्त्रण गर्न दिर्घकालिन योजना ल्याउनु पर्ने बताएका छन् । इटहरीका राजनीतिक दलका प्रमुखहरुले समेत खोला निरिक्षण गर्दै सम्भावित जोखीम स्थलहरुको पहिचान गरी तारजाली लगाउन माग गरेका छन् ।
उनिहरुले खोलाको दीर्घकालिन तटवन्धनका लागि नेपाल सरकार समक्ष सहयोगको माग गरेका छन् ।
इटहरी उप–महानगरपालीकाले अहिले तत्काललाई खोला नियन्त्रण गर्ने अल्पकालिन उपाय अवलम्बन गरेको छ । जमिनको सतह भन्दा खोलाको सतह अग्लो रहेका कारण बाढीले बगाएर ल्याएको ढुँगा, बालुवा तथा गिटि किनारा लगाउने प्रयत्न गरेको हो ।
इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले खोलाको दिर्घकालिन तटबन्धन निर्माणका लागि नेपाल सरकारले ठुलै योजना ल्याउनु पर्ने बताए । उनले विभिन्न निकायमा आफुले सहयोग माग्नु पर्ने काम गरिरहेको बताउँदै इटहरीको भविष्य जोगाउन पनि शेरा खोलामा बाँध बाध्नुपर्ने आवश्यकता रहेको बताए ।
शेरा खोला थुन्नकै लागि इटहरी उप–महानगरपालीकाले गत आर्थिक वर्षमा मात्रै ३० लाख बढी खर्च गरीसकेको छ । लगातारको वर्षाले शेरा खोलाको पूर्वी तटबन्धन भत्काउदै बाढीको रुपमा इटहरी टेंग्रा खोलामा मिसिन थालेको स्थानीयहरुले बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण