स्थानीय आँपले उचित मूल्य पाएन
बिहीबार, ०९ असार २०७३, ०८ : ००
उदयपुर - स्थानीय उत्पादित आँपले उचित मूल्य नपाएको जिल्लाका किसानले गुनासो गर्न थालेका छन् ।
व्यापारीले बाहिर जिल्लाबाट आँप ल्याएर सस्तो मूल्यमा बिक्री गर्न थालेका कारण स्थानीयले उत्पादन गरेको आँपले उचित मूल्य पाउन नसकेको त्रियुगा नगरपालिका–८ बगाहाका किसान श्रवणदेव चौधरीले बताए ।
सदरमुकाम गाईघाट बजारमा स्थानीय आँपको मूल्य प्रतिकिलो रु ४० देखि रु ५० सम्म रहेको छ । तर बाहिरबाट आयातित आँप प्रतिकिलो रु २५ देखि रु ३० मा बिक्री भइरहेको छ । जिल्लाको पूर्वी क्षेत्रका तपेस्वरी, रामपुर, ठोक्सिला, सुन्दरपुर, हँडिया, जोगिदह र मध्य क्षेत्रको त्रियुगा नगरपालिकामा आँपखेती हुँदै आएको छ ।
जिल्लामा आँप पाक्न थालेपछि तराईका अन्य जिल्लाबाट व्यापारीले सस्तो मूल्यमा औषधी प्रयोग गरिएको आँप ल्याएर बिक्री गर्दा स्थानीय किसानले उचित मूल्य पाउन नसकेका जोगिदह–७ का डम्बरबहादुर खड्का बताउँछन् । “आँप बिक्री गर्ने बेला भयो, तर उचित मूल्य पाउन सकेका छैनौँ,” उनले भने । गुणस्तरहीन आँप खरिद गरेर व्यापारीले बजार क्षेत्र बिक्री गर्दै आएको उनको आरोप छ ।
बर्सेनि बाहिरबाट आयात गरिएका आँपका कारण जिल्लाका किसानले उचित मूल्य नपाउँदा मर्कामा परेका छन् । जिल्लामा ६८० हेक्टर जग्गामा व्यावसायिक रुपमा आँपखेती हुँदै आएको छ भने पाँच हजार ४४० मेट्रिक टन आँप उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत रामकुमार यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुड बेलिङ्घमको दोहोरो गोलमा इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वे २–१ ले पराजित
-
अतिरिक्त समयको पहिलो हाफ समाप्त: जुड बेलिङ्घमको गोलसँगै इङ्गल्याण्ड २–१ ले अगाडि
-
बेलिङ्घमले गरे व्यक्तिगत दोस्रो गोल, इङ्गल्याण्डलाई महत्त्वपूर्ण अग्रता
-
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकियो, नर्वे र इङ्गल्याण्डबिचको खेल अतिरिक्त समयमा
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण