आक्रमण गर्ने कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा चक्काजाम
आइतबार, १९ असार २०७३, १६ : ४४
धनुषा - जनकपुरको पिंडारी चोकमा नेकपा९माओवादी केन्द्र०का कार्यकर्ताले आइतबार बिहानैदेखि चक्काजाम गरेका छन् ।
चक्काजामका कारण लामो तथा छोटो दूरीका सवारी साधन त्यहाँबाट चल्न सकेका छैनन् । केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डल सहित प्रहरीले पक्राउ गरेका केन्द्र, नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरम नेपालका कार्यकर्तालाई रिहाइको माग गर्दै चक्काजाम गरिएको हो । जनकपुर उपमहानगरपालिका–१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठनसम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको थियो ।
शनिबार राति समितिका वर्तमान अध्यक्ष एवम् काँग्रेस नेता रामवरण पासवानका घरमा फोरम र केन्द्र समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डल समेत नौ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले पासवानको घरमै पसेर हातपात गरेपछि तत्काल पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण गरेको प्रहरीको आरोप छ । स्थानीयवासीले भने पासवानको पक्षपोषण गर्दै प्रहरी ज्यादतीमा उत्रेको आरोप लगाएका छन् ।
शनिबार राति पक्राउ परेका मण्डल, साह र यादवसमेत सबै जिप्रकाका नियन्त्रणमा छन् । तीन वटै पार्टी समर्थित स्थानीय कार्यकर्ताले पिडारी चोकमा टायर बालेर प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले जिल्ला प्रहरी प्रमुखलाई तत्काल कारबाही र आफ्ना नेताको रिहाइ माग गरिरहेका छन् ।
केन्द्रका नेता एवम् सांसद रामसिंह यादव, नेता नन्दकिशोर यादव, झल्कु यादव, फोरम जिल्ला अध्यक्ष शेषनारायण यादव, जिल्ला नेता हरिनारायण यादव र काँग्रेसका जिल्ला सचिव सन्तोष यादवको नेतृत्वमा चक्काजाम गरिएको हो ।
यसरी चक्काजाम गरिएपछि त्रैमासिक परीक्षा चलिरहेका निजी विद्यालयका विद्यार्थी मारमा परेका छन् । उनीहरुलाई पिडारी चोकबाट विद्यालयसम्म पैदल हिँड्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण