बाँदरले मकैबाली खाइदिएपछि कृषक समस्यामा
सोमबार, २० असार २०७३, १० : १५
पोखरा - कास्कीको भरतपोखरी, कृस्तिलगायतका विभिन्न स्थानमा बाँदरले मकैबाली खाइदिएपछि कृषक समस्यामा परेका छन् ।
भरतपोखरीका आँगेटारी, हुँडिकोटका साथै कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा धेरै क्षति पु¥याएको कृषकको गुनासो छ ।
जङ्गलमा बाँदरको सङ्ख्या अत्यधिक बढेको बताउने स्थानीयवासी बन्धुराज पौडेलले बाँदरका कारण अधिकांश स्थानमा कृषकले लगाएको ७० प्रतिशतभन्दा बढी मकैबालीमा क्षति पुगेको बताए ।
कास्की जिल्लाका भरतपोखरी, कृस्ति, पुम्दीभुम्दी, हंसपुर, अर्मलालगायतका स्थानमा बाँदरले मकैबालीमा क्षति पु¥याएको गुनासो आउने गरेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बाली संरक्षण शाखाका प्राविधिक लिलाप्रसाद पङ्गेनीले बताए ।
राज्यको स्पष्ट नीति बनि नसकेका कारण पनि बाँदर नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ ।
पछिल्ला वर्षमा वनजङ्गल बढ्दै जाने, खेतीपाती गर्ने क्रम घट्दै जाने भएका कारण पनि खेती भएका स्थानमा बाँदरले सताउने गरेको पङ्गेनीको भनाइ छ ।
वन्यजन्तु संरक्षण ऐनले बाँदर मार्न नहुने व्यवस्था गरेको छ । कास्की जिल्लामा मात्र नभएर देशव्यापी रुपमा बाँदरका कारण कृषक समस्यामा परेका कारण यसको उचित व्यवस्थापनका लागि जिल्ला कृषि विकास कार्यालय हुँदै क्षेत्र एवम् केन्द्र स्तरसम्म पहल गर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण