प्रसिद्ध धार्मिकस्थल सेतीवेनी डुबानको खतरामा
गुल्मी – बिहीवारदेखि परेको लगातारको वर्षाका कारण पर्वत, स्याङजा र गूल्मीको सिमानामा विश्वकै ठुलो शालिग्राम शिला अवस्थित पर्वतको सेतीवेणीका वासिन्दा त्रसित बनेका छन् ।
कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुग्न थालेपछि स्थानियवासी रातभर जाग्राम बसेका छन् । कतिवेला घरसम्मै आएर डुवाउनेहो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानिय शिक्षक अशोकसिंह पाण्डेले जानकारी दिए । मुलुककै सबैभन्दा ठुलो कालीगण्डएकी ए जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठुलो शालिग्राम शिला भने डुवानमा परेको छ । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजाको पिंढीखोलामा पर्ने बजार क्षेत्रमा झण्डै डेढ सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका छन् ।
कालीगण्डीमा पानीको सतह सामान्य अवस्थामा भन्दा धेरै माथि आइपुगेको स्थानिय प्रहरी चौकीले पनि जानकारी दिएको छ । सामान्य अवस्थामा भन्दा माथि आइपुगेको छ वर्षा अझै रोकिएन भने खतरा बढ्ने देखिएको स्थानिय प्रहरीले टेलिफोनमा जानकारी दिएको छ । विगत ६ वर्ष अघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए । बिहीबारदेखिको वर्षा र बाढीले स्याङ्गजा तर्फको भागमा कटान शुरु गरेकाले बाढीको मात्रा बढेमा जुनसुकै बेला पनि बाढी पसेर बजार बगाउन सक्ने देखिएको छ । प्रबित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगाएतका संरचना डुबाएको छ । सिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जानै नसक्ने अबस्था आएको छ । सात बर्ष पहिले २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैभर त्रास थप्ने गरेको स्थानिय शिक्षक पाण्डेले बताए । कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी एको बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए । वर्षा नरोकिएमा जुनसुकै बेला पनि खतरा बढ्ने भएकाले स्थानियवासीहरुलाई सचेत भएर बस्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण