शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

‘वल्र्ड जाज एन ग्रिल २०१६’ मा नेपालको पर्यटन प्रवद्र्धन

सोमबार, २० असार २०७३, १७ : १८
सोमबार, २० असार २०७३

डेनमार्क – डेनमार्कको कोपनहेगनमा ‘वल्र्ड जाज एन ग्रिल २०१६’ का अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिएको छ । डेनमार्कको कोपनहेगनमा ‘वल्र्ड जाज एन ग्रिल २०१६’ को समन्वयमा नेपाल म्यूजिक फेस्टिबलले कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाली फ्युजन ब्याण्ड ‘कान्ता डब डब’ ले पनि आफ्नो प्रस्तुती दिएको थियो । आईतवारदेखि सुरु भएको ‘वल्र्ड जाज एन ग्रिल २०१६’ आगामी १० जुलाइसम्म चल्ने नेपाल पर्यटन बोर्डका डेनमार्क प्रतिनिधि एवं एनआरएनए आइसीसी सदस्य सोम सापकोटाले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटकीय गन्तव्य समावेश गरिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिएको छ । नेपाल र डेनमार्कका कलाकारले हरेकवर्ष यस्तो सांगीतिक कार्यक्रम गर्ने गरेको नेपाल म्यूजिक फेस्टिबलका संयोजक महेश कंशाकारले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटकीय स्थलका बारेमा तयार पारिएका प्रचार सामाग्री पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली परम्परागत, सांस्कृतिक, नेपाली आधुनिक तथा भिन्नभिन्न प्रकारका गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा १ सय ५० जनाभन्दाबढी डेनिस तथा नेपाली संगीतप्रेमी सहभागि थिए । आइतवारदेखि शुरु भएको कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धनमा निकै ठूलो भूमिका निर्वाह गर्ने संयोजक सापकोटाले बताए ।

पछिल्लो समय डेनमार्कमा नेपालको पर्यटन प्रर्वद्धनमा विभिन्न कार्यक्रम हुन थालेका छन । एनआरएन आइसीसी यूरोप क्षेत्रिय बैठक नजिकिँदै गर्दा डेनिस नागरिकले समेत नेपालको पर्यटन प्रर्वद्वनमा चासो दिन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप