व्यापारीद्वारा तरकारी बजार अनुगमन गर्न पुगेको टोलीमाथि आक्रमण (फोटो /भिडियो )
काठमाडौं– राजधानीको बल्खुस्थित कृषि तथा फलफूल बजारमा अनुगमनका लागि पुगेको टोलीमाथि व्यवसायीद्वारा अवरोधको प्रयास भएको छ ।
मंगलबार बिहान विषेश बजार अनुगमन अभियान अन्तर्गत त्यहाँ पुगेको आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा हित संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त बजार अनुगमन टोलीमाथि व्यवसायीहरुले अवरोध गरेका हुन् ।
सो क्रममा व्यवसायीहरुले टोलीमाथि अवरोध गर्दै ढुंगा तथा तरकारीले आक्रमण गरेपछि केहि बेर तनाव समेत उत्पन्न भएको थियो । व्यवसायीहरुले आफूहरुलाई कुनै जानकारी नै नदिई अनुगमनका लागि टोली आएको भन्दै ढुंगा प्रहार गरेका हुन् ।
तर पछि प्रहरीको सहयोगमा भएको अनुगमनका क्रममा व्यवसायीहरुले उपभोक्तलाई ढक तराजुमा ठग्ने गरेको पाइएको छ ।
मन्त्रालयका अनुसार त्यहाँ सञ्चालित ४ सय ढक तराजुमध्ये १ सय ओटा मात्रै मापदण्डअनुसारको पाइएको छ ।
यसरी मापदण्ड विपरित ढक तराजु राखिएको पाइएपछि तराकारी बजार व्यवस्थापक मोहन बस्नेतले गल्ती भएको स्वीकार्दै अब विभागमा मापदण्डअनुसारको ढक तराजु राखिने बताए ।
मन्त्रालयले विषेश बजार अभियान सुरु गरिएको भन्दै अनुगमनका क्रममा दोषी पाइए कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
भिडियो हेर्नुहोस्खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण