मनसुन केहि शिथिल
मङ्गलबार, २१ असार २०७३, १२ : ३३
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुन केही शिथिल भएको जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् जगदीश्वर कर्माचार्यका अनुसार केही दिनदेखि देशभर नै बदली रहिरहेको छ ।
सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ को अवधिलाई मनसुनको अवधि मानिन्छ । यसपटक भने निर्धारित समयभन्दा पाँच दिनपछि मनसुन सुरु भएको थियो । मंगलबार साँझसम्म काठमाडौँ उपत्यकामा वर्षा हुने पनि विभागले जनाएको छ ।
अहिलेको समयमा जमिन तातेर हावा समेत तात्ने र खाली ठाउँमा न्यून चापीय क्षेत्र विकास हुने गर्दछ । यसले मनसुन सक्रिय रहँदा धेरै वर्षा हुने तथा शिथिल हुँदा कम वर्षा हुने गर्दछ ।
काठमाडौँ उपत्यकामा मनसुन अवधिभर औसत करिब एक हजार १०० देखि एक हजार २०० मिलीलिटर पानी पर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण