मालढुङ्गा–बेनी सडक अवरुद्ध
पर्वत – गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पर्वतको मालढुङ्गादेखि म्याग्दी र मुस्ताङ जोड्ने एक मात्र सडक मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।
सडकखण्डमा पर्ने पर्वतको नाङ्लीवाङ गाविस–२ खनियाघाटस्थित ज्यामिरे खोला नजिकै सडकमाथिबाट खसेको पहिरो र खोलामा आएको बाढीका कारण सडक रातिदेखि अवरुद्ध बनेको हो । खोलाले ठूलो मात्रामा माटो र ढुङ्गा सडकमा थुपारेका कारण सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाट छुटेका लामो तथा छोटो दूरीका सवारी साधन र अन्य क्षेत्रबाट ती जिल्लामा भित्रिने सवारी साधन अलपत्र बनेका छन् । अत्यधिक मात्रामा पहिरो र बाढीले सडक पुरिएका कारण तत्काल सडक खुलाउन समस्या परेको प्रहरीले जनाएको छ ।
सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय, सुरक्षाकर्मी र स्थानीयवासीले पहल गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण