गोरखाको केरौंजामा पहिरो, ६ जना बेपत्ता
मङ्गलबार, २१ असार २०७३, १२ : ५८
गोरखा–उत्तरी गोरखाको केरौंडा गाविस–३ छलिम्पुमा मंगलबार पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् ।
गाउँमा गोरेटो बाटो खन्ने क्रममा माटोको ढिस्को खसेर केरौँजा–३ का सन्देश घले, चिनमाया गुरुङ, कान्छीमाया गुरुङ, सुकराम घले र नाम खुल्न नसकेका अरु दुई जना पुरिएका हुन् ।
सदरमुकामबाट २० कोस टाढा रहेको घटनास्थल पुग्न सडक सुविधा छैन । “काठमाडौँबाट हेलिकप्टर मगाएका छौँ, अनि मात्रै त्यहाँको अवस्थाबारे थाहा हुन्छ,” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ।
पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा स्थानीयवासी र प्रहरी जुटेका छन् । घटनास्थल वरपर लगातार पहिरो गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण