बागेश्वरी क्षेत्रलाई धार्मिक वनका रुपमा विकास गरिने
चितवन– कलेज अफ मेडिकल साइन्सेजले चार वर्षअघि छाडेको बागेश्वरीको वन क्षेत्रलाई धार्मिक वन क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
त्यहाँ रहेका महत्वपूर्ण संरचना भने प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । विभिन्न सङ्घसंस्थाले सो क्षेत्रको वन र संरचना माग गरे पनि वन तथा भूसंरक्षण मन्त्रालयले योगी नरहरिनाथ आध्यात्मिक परिषद्लाई धार्मिक वन सञ्चालन गर्न दिने निर्णय गरेपछि सोहीअनुरुप प्रक्रिया अघि बढेको हो ।
जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायका अनुसार व्यावसायिक रुपमा सो क्षेत्रलाई प्रयोग गर्न नदिने निर्णय गर्दै धार्मिक वन बनाउने सहमतिअनुरुप निर्णय भएको हो । मेडिकल कलेजले आवासका लागि निर्माण गरेको २२ ठूला भवन समेत त्यस क्षेत्रमा छन् । रायका अनुसार त्यहाँ रहेका कतिपय भवनलाई फोरेर रुख रोपिन्छ भने कतिपयमा जैविक विविधता सूचना केन्द्र र अन्यलाई तालिम केन्द्रका रुपमा विकास गर्ने योजना बनाइएको छ ।
कलेजले यसअघि प्रयोग गरेको क्षेत्र, नजिकैको खुला चौर र आश्रमले प्रयोग गरेको क्षेत्र गरी तीन दशमलव नौ हेक्टरलाई धार्मिक वनका रुपमा विकास गरिने छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण