कुटपिटबाट एक व्यक्तिको मृत्यु
बुधबार, २२ असार २०७३, १३ : ०८
मोरङ– मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–६ का २९ वर्षीय आशिष राईको कुटाइबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका सोही ठाउँका ४० वर्षीय हरिबहादुर कार्कीको मृत्यु भएको हो ।
कार्कीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण