महासङ्घ अध्यक्षमा जम्मरकट्टेल
काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायत विभिन्न छवटा मजदुर सङ्गठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । आज अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किराती र कुमार छन्त्याललाई चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्ष रेग्मीका अनुसार अधिवेशनले महासचिवमा जगत सिंखडालाई निर्वाचित गरेको छ । अधिवेशनले मजदुरको पेसागत हित, श्रम ऐनको कार्यान्वयन एवम् बदलिँदो परिवेशमा समयानुकूल श्रम तथा सोसँग सम्बन्धित ऐन नियमको निर्माणलगायतका विषयमा राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । यस्तै, श्रम तथा श्रमिकका माग पूरा गराउन सरोकार भएका सबै पक्षहरुको सर्वपक्षीय परामर्शमा जोड दिने, सामाजिक सुरक्षा कोषको रकमको सदुपयोगलगायतका विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनले सङ्गठनको नामसमेत अखिल नेपाल ट्रेड युनियन महासङ्घ नै कायम गरेको छ । महाधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गर्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण