शशाङ्कको स्वास्थ्यमा सुधार : आइसियुबाट निकाल्ने तयारी
शनिबार, २५ असार २०७३, २३ : १६
काठमाडौँ, २५ असार - ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।
उनले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ ।
कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिए ।
केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट अन्तै सार्ने अस्पतालको तयारी छ ।
“उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भने ।
स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण