सरकार परिवर्तनको हल्लाले सेयर बजारमा ९ अङ्कको गिरावट
मङ्गलबार, २८ असार २०७३, २१ : ४९
काठमाडौँ - सरकार परिवर्तनको हल्ला चलेपछि सेयर बजारमा नौ अङ्कले गिरावट आएको छ ।
राजनीति तरल भएको मौकामा एकाएक ओरालो लागेर एक हजार ६५४ अङ्कमा सीमित भएको बजार बन्द हुने समयसम्म भने सम्हालिएर पुन एक हजार ७०३ अङ्कमा कायम रह्यो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ५४ अङ्कले गिरावट आएको नेप्से बन्द हुने समयमा भने नौ अङ्कले गिरावट आएर एक हजार ६९३ मा झरेको छ । कुल १३८ कम्पनीको १६ लाख ३९ हजार २५७ सेयर कारोबार भएको स्टकले जनाएको छ ।
कुल रु एक अर्ब १३ करोड ९१ लाख ७२ लाख १७१ बराबरको कारोबार भएको हो । बैङ्किङ, फाइनान्स, होटल, जलविद्युत्, विकास बैंक र बीमा समूहको कारोबार ऋणात्मक रहेको छ भने उत्पादनमूलक र अन्य समूह भने केही बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण