छुटेका भूकम्पपीडितको नाम समावेश गर्न माग
शुक्रबार, ३१ असार २०७३, २० : ४८
नुवाकोट - तुप्चेमा आज भएको सार्वजनिक सुनुवाइमा तुप्चेमा भूकम्पपीडित अनुदान सम्झौता गराएर लाभग्राहीलाई रकम प्रदान गर्ने बाटो खोल्न जिल्लास्तरीय कार्यालय प्रमुखले आग्रह गरेका छन् ।
वास्तविक भूकम्पपीडित नै लाभग्राहीको सूचीमा नरहेको जनाउँदै तुप्चेमा अनुदान सम्झौताको काम अघि नबढेपछि स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितलाई तुप्चेका भूकम्पपीडितले लाभग्राहीको सूचीमा छुटेकाहरुलाई समावेश नगरेसम्म अनुदान सम्झौताको काम हुन नदिने भनेर काम नरोक्न आग्रह गरेका हुन् ।
जिविसको आयोजना तथा ‘नुवाकोट एफएम’को संयोजनमा भएको सुनुवाइ कार्यक्रममा स्थाविअ पण्डितले भूकम्पपीडितको समस्या धेरै रहेको तर केही समस्यालाई अघि सारेर सबै काम रोक्न नहुने बताए । ‘हाम्रो नुवाकोट वा तुप्चेमा मात्र समस्या भएको होइन, अन्य १३ जिल्लामा पनि समस्या रहेको छ, त्यसैले हामीले मात्र रोकेर नराखौँ”, पण्डितले भने ‘हामी हाम्रो जिम्मेवारी निर्वाह गर्छाँैँ, तपाईँहरु सम्झौता नरोकिदिनुस् ।”
उनले उपभोक्ता समितिले समयमा काम नगरिदिँदा विकास बजेट समयमा खर्च नहुने समस्या रहेको पनि बताए ।
उहाले गाविस र जिल्ला विकास समिति लगायत अन्य सरकारी तथा गैरसरकारी निकायको कामलाई स्थानीयवासीले नै चासोपूर्वक लिएमा मात्र विकास निर्माणको काम प्रभावकारी हुने बताए ।
कार्यक्रममा सहभागीले खानेपानी, लक्षित वर्गको रकम, सडक, विद्युत्, कृषि लगायत विभिन्न विषयमा प्रश्न गर्दै मनकामना र तुप्चे गाविसलाई जोड्न सोलेको पक्की पुल दुई साताअघि खोलाले क्षति पु¥याएपछि सम्बन्धित निकायले तत्काल मर्मतमा ध्यान नदिएको गुनासोका साथ आफ्नो खेतबारीमा रहेको सालको काठलाई प्रयोग गर्न पाउनुपर्ने, भैँसेको झोलुङ्गे पुल मर्मत गर्नुपर्ने लगायत माग गरेका थिए ।
कार्यक्रममा जिल्ला वन कार्यालयका अधिकृत राजकुमार यादवले भूकम्पपीडितका लागि आगामी कात्तिकपछि आआफ्नो जग्गामा रहेको सालको काठ काटेर प्रयोग गर्ने पाउने गरी निर्देशिका आएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण