अझै पनि न्यायको आशामा गङ्गामाया
आइतबार, ०२ साउन २०७३, २३ : १५
काठमाडौँ, २ साउन – न्यायकैलागि पाँच वर्षदेखि अनशनरत गङ्गामाया अधिकारी अझै पनि न्याय पाउने आशामा हुनुहुन्छ ।
अठारौँ अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा अनशनरत गङ्गामायाले वीर अस्पतालको आफ्नो ७ नम्बरको क्याविनबाट आफू न्यायको आशामा अझै रहेको बताउनुभयो ।
विसं २०६१ जेठ २४ गते तत्कालीन नेकपा (माओवादी)ले आफ्नो कान्छो छोरो कृष्णप्रसादलाई अपहरण गरी हत्या गरेपछि पाँच वर्षअघिदेखि पिता नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले अनशन सुरु गर्नुभएको थियो ।
अनशन सुरु गरेको ३३३ दिनमा नन्दप्रसादको निधन भएपछि गङ्गामायाले एक्लै न्याय खोज्दै अनशनलाई निरन्तरता दिइरहनुभएको छ । गङ्गामायाले न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अहिले पनि दाहसंस्कार गर्न सकिएको छैन ।
उहाँले भन्नुभयो, “मेरो काख र साथ खोसिएको छ । माओवादीले छोरा मा¥यो, काँग्रेसले श्रीमान्, तर म न्याय नपाइकन यहाँबाट निस्कन्न । वीरबाट निस्कनु परे की न्याय पाएर निस्कन्छु की मृत्युपश्चात् निस्कन्छु ।”
कृष्णप्रसाद हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गर्नासाथ तत्कालीन एनेकपा (माओवादी) नेताको विरोध र धम्कीका कारण पक्राउ परेका उनीहरूलाई धरौटीमा रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण