राप्रपा नेपालको बैठक साउन ११ मा
सोमबार, ०३ साउन २०७३, २१ : १२
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राप्रपासँग पार्टी एकीकरणका विषयमा निर्णय गर्न तथा सरकारमा जाने नजाने बारे निर्णय लिन यही साउन ११ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक काठमाडौँमा बोलाएको छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार उक्त बैठकमा ७५ जिल्लाका जिल्ला अध्यक्षलाई बोलाइएको छ । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट कार्यदल गठन गरी विभिन्न चरणमा विभिन्न तहमा छलफल भइरहेको छ । एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिकालगायत विषयमा छलफल गरिनेछ ।
प्रवक्ता श्रेष्ठले मुलुकको राष्ट्रियता संरक्षणका लागि राष्ट्रवादी शक्तिको खाँचो रहेकाले लामो समयपछिको गृहकार्यपछि हुन लागेको दुवै पार्टीको एकीकरणलाई महत्वका साथ हेरिएको बताउँदै एकीकरण अगाडि हुने राप्रपा नेपालको सो बैठक अन्तिम हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
-
मुरारी बापुलाई जनकपुर आश्रममा निमन्त्रणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण